विदेशमा रहँदा सामाजिक सुरक्षा कोष (SSF) मा कसरी दर्ता हुने?

सामाजिक सुरक्षा कोष (SSF) मा दर्ता भएपछि दुर्घटना, अशक्तता र पेन्सनजस्ता सुविधा पाउन सकिन्छ। विदेशमै बसेर दर्ता र KYC कसरी गर्ने, यहाँ छ।

⏱️ १–४ कार्य दिन 🏛️ सामाजिक सुरक्षा कोष (SSF) 🌍 विदेशबाटै

यो गाइड कसका लागि?

  • वैदेशिक रोजगारमा रहेका
  • SSF मा दर्ता नभएका वा KYC अधुरो भएका
  • परिवारलाई पनि सुरक्षामा राख्न चाहने

चाहिने कागजात

  • पासपोर्टको फोटो
  • श्रम स्वीकृतिको फोटो
  • नागरिकताको फोटो (विवाहित भए श्रीमान् र श्रीमती दुवैको)
  • पासपोर्ट साइजको फोटो (विवाहित भए दुवैको)
  • राष्ट्रिय परिचयपत्र (NID)
  • विवाहित भए: विवाह दर्ताको फोटो
  • सन्तान भए: फोटो र जन्मदर्ता

प्रक्रिया — चरणअनुसार

  1. विवरण र कागजात पठाउनुहोस्तलका कागजातको फोटो पठाउनुहोस्।
  2. हामी SSF मा तपाईँको दर्ता र KYC अद्यावधिक गर्छौँ
  3. SSF को परिचय नम्बर (SSID) र login पाउनुहुन्छ
  4. योगदान कसरी तिर्ने — भिडियोबाट सिक्नुहोस्हरेक महिना आफैँ तिर्न सिक्नुहोस्।

⚠️ ध्यान दिनुहोस्

  • विवाहित हुनुहुन्छ भने श्रीमान्/श्रीमतीको कागजात पनि सँगै पठाउनुहोस् — पछि थप्दा समय लाग्छ।

प्रायः सोधिने प्रश्न

SSF दर्ता कति दिनमा हुन्छ?

कागजात पूरा भए १–४ कार्य दिनमा।

दर्तापछि के पाइन्छ?

SSF को परिचय नम्बर (SSID) र login; योगदान कसरी तिर्ने भन्ने भिडियो पनि।

NID अनिवार्य छ?

हो, राष्ट्रिय परिचयपत्र (NID) चाहिन्छ।

यो गाइडले यी प्रश्नको उत्तर दिन्छ

SSF ma kasari darta hune bidesh batasocial security fund Nepal registration abroadवैदेशिक रोजगार SSF दर्ताSSF SSID login kasariSSF yogdan kasari tirne
WhatsApp