WTS Group

Terms of Service

संस्करण 1.0 · लागू मिति 2026-09-05

यी सर्तहरू Way To Success (WTS Group) का सेवा — कागजात, दर्ता, परामर्श र तालिम — प्रयोग गर्दा लागू हुन्छन्। सेवा लिनुअघि एकपटक पढ्नुहोला।

हामी के गर्छौं, के गर्दैनौं

हामी कागजात तयारी, आवेदन दर्ता, प्रक्रिया पछ्याउने र परामर्श सेवा दिन्छौं। हामी सरकारी निकाय होइनौं र कुनै पनि सरकारी निर्णयको ग्यारेन्टी दिँदैनौं।

  • हामी तपाईंको तर्फबाट आवेदन तयार पारेर सम्बन्धित निकायमा बुझाउँछौं र प्रगति जानकारी दिन्छौं।
  • स्वीकृति, अस्वीकृति वा ढिलाइ सम्बन्धित निकायको अधिकार हो — त्यसमा हाम्रो नियन्त्रण छैन।
  • SSF जस्ता केही दर्ता सरकारी प्रणालीमा निःशुल्क छन्; हामीले लिने शुल्क हाम्रो सेवाको मात्र हो।
  • हामी रोजगार, भिसा वा कुनै सरकारी निर्णय बिक्री गर्दैनौं र त्यसको आश्वासन दिँदैनौं।

तपाईंको जिम्मेवारी

  • साँचो र आफ्नै कागजात मात्र दिनुहोस्। नक्कली वा अर्काको कागजात दिइएको थाहा भए सेवा तत्काल रोकिन्छ र शुल्क फिर्ता हुँदैन।
  • मागिएको कागजात र जानकारी समयमै उपलब्ध गराउनुहोस् — ढिलाइको असर प्रक्रियामा पर्छ।
  • सम्पर्क नम्बर वा ठेगाना फेरिए हामीलाई जानकारी दिनुहोस्।
  • तपाईं १८ वर्ष पूरा भएको हुनुपर्छ।

शुल्क र भुक्तानी

  • हाम्रो सेवा शुल्क र सरकारी/तेस्रो पक्षको शुल्क फरक-फरक हुन्। सरकारी शुल्क हामी तपाईंकै तर्फबाट बुझाउँछौं — त्यो हाम्रो आम्दानी होइन।
  • सेवा सुरु गर्नुअघि कुल रकम र त्यसमा के-के समावेश छ भनी जानकारी दिइन्छ।
  • हरेक भुक्तानीको रसिद दिइन्छ। भुक्तानी गर्दा प्रमाण (रसिद/screenshot) पठाउनुहोस्।
  • हामी कहिल्यै तपाईंको password, OTP वा PIN माग्दैनौं। कसैले WTS को नाममा त्यस्तो माग्यो भने नदिनुहोस् र हामीलाई जानकारी दिनुहोस्।

समयसीमा

हामीले बताउने समय अनुमानित हो — सम्बन्धित निकायको कार्यबोझ, कागजातको अवस्था र नियम परिवर्तनले फरक पर्न सक्छ। ढिलाइ भएमा जानकारी गराउँछौं।

रद्द र फिर्ता

फिर्ताका नियम छुट्टै पृष्ठमा विस्तृत छन् — तल "फिर्ता नीति" हेर्नुहोस्। संक्षेपमा: सुरु भइसकेको सेवाको शुल्क फिर्ता हुँदैन; कार्यक्रम हामीले रद्द गरे पूरै फिर्ता हुन्छ।

सञ्चार

  • हामी फोन, WhatsApp र इमेलबाट सम्पर्क गर्छौं। WhatsApp मा तपाईंले सन्देश पठाएको २४ घण्टाभित्र स्वतन्त्र जवाफ, त्यसपछि स्वीकृत ढाँचा मात्र जान्छ।
  • "STOP" वा "बन्द" लेखेर हामीबाट सुरु हुने सन्देश रोक्न सकिन्छ; सेवा सम्बन्धी जरुरी जानकारी भने फोन वा इमेलबाट दिइन्छ।
  • तपाईंको कागजात र सन्देश कसरी राखिन्छ भन्ने गोपनीयता नीतिमा छ।

दायित्वको सीमा

हाम्रो गल्तीले क्षति भएमा हाम्रो दायित्व तपाईंले सो सेवाका लागि तिर्नुभएको सेवा शुल्कसम्म सीमित हुन्छ। सरकारी निर्णय, नियम परिवर्तन, वा तपाईंले दिनुभएको गलत जानकारीबाट हुने असरमा हामी जिम्मेवार हुँदैनौं।

कम्पनी र कानुन

सेवा दिने कम्पनी तपाईं जुन देशबाट सेवा लिनुहुन्छ त्यहीअनुसार हुन्छ — नेपालमा W.T.S International Pvt. Ltd. वा Way To Success Consulting And Training Center Pvt. Ltd., संयुक्त अरब इमिरेट्समा Way To Success - FZC LLC (Ajman Free Zone), कतारमा Way To Success Consulting W.L.L.। सर्तहरूमा विवाद भए सोही देशको प्रचलित कानुन लागू हुन्छ। कुनै गुनासो भए पहिले हामीलाई सम्पर्क गर्नुहोस् — धेरैजसो कुरा कुराकानीबाटै मिल्छ।

सर्त परिवर्तन

सर्तहरू परिवर्तन भए यही पृष्ठमा नयाँ संस्करण र मिति राखिन्छ। परिवर्तनपछि सेवा प्रयोग गर्नु भनेको नयाँ सर्त स्वीकार गर्नु हो।

सम्पर्क

प्रश्न वा गुनासो: hello@wtsgroup.net · WhatsApp +977 9849023433

गोपनीयता नीति · फिर्ता नीति

© 2026 Way To Success FZC LLC