‹ सबै सेवा

राहदानी नवीकरण सहयोग

🇳🇵 नेपालको सेवा 🇶🇦 कतारमा बस्नेका लागि
QAR 25.00
⏱ नियुक्ति र दूतावासको प्रक्रियामा निर्भर (कुनै ग्यारेन्टी छैन) · WTS Doha
आवेदन दिनुहोस् →
⚠️ महत्वपूर्ण: WTS निजी सहजीकरण कम्पनी हो — दूतावास, वाणिज्य दूतावास वा सरकारी निकाय होइन। हामी राहदानी जारी/नवीकरण गर्दैनौं; नियुक्ति, स्वीकृति, समय वा डेलिभरीको ग्यारेन्टी गर्दैनौं।

कसरी गर्ने — ६ चरण

राहदानी विभागको जानकारीअनुसार · 2026-09-08

  1. नवीकरण गर्ने बेला भयो कि जाँच्नुहोस्

    म्याद १ वर्षभन्दा कम बाँकी भए नवीकरण गर्न मिल्छ। रोजगार वा अध्ययनको अवधि राहदानीको म्यादभन्दा लामो छ भने पनि। MRP को म्याद बाँकी छ भने ePassport बनाउनु अनिवार्य छैन। स्रोत ↗

  2. अनलाइन फारम (Pre-enrolment) भर्नुहोस् — WTS ले भरिदिन्छ

    online.nepalpassport.gov.np मा विवरण भरिन्छ र दूतावासमा भेट्ने समय (appointment) लिइन्छ। नाम, जन्ममिति, नागरिकता नम्बर — पुरानो राहदानीसँग अक्षर-अक्षर मिलाएर। यही चरण WTS ले तपाईंको साथमा गर्छ। स्रोत ↗

  3. कागजात तयार पार्नुहोस्

    हालको सक्कल राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र, र दूतावासले मागेका थप कागजात (जस्तै Qatar ID/Emirates ID). फोटो ल्याउनु पर्दैन — enrolment मै खिचिन्छ (५ वर्षमुनिका बच्चालाई मात्र चाहिन्छ)। राष्ट्रिय परिचयपत्र (NIN) दूतावासबाट आवेदन दिँदा अनिवार्य छैन। स्रोत ↗

  4. तोकिएको दिन दूतावासमा आफैँ जानुहोस् (Live enrolment)

    औँठाछाप र फोटो त्यहीँ लिइन्छ। हस्ताक्षर गर्नुअघि स्क्रिनका विवरण ध्यान दिएर जाँच्नुहोस् — हस्ताक्षरपछि सच्याउन मिल्दैन; छापिइसकेपछि त्रुटि भेटिए पूरै प्रक्रिया र दस्तुर फेरि। स्रोत ↗

  5. दस्तुर दूतावासमा तिर्नुहोस्

    राहदानीको दस्तुर दूतावासले तोकेबमोजिम, दूतावासलाई नै। WTS को QAR 25 / AED 25 फारम र मार्गदर्शनको मात्र हो — दूतावासको दस्तुर त्यसमा पर्दैन। स्रोत ↗

  6. तयार भएपछि आफैँ लिन जानुहोस्

    दूतावासबाट आवेदन दिँदा सामान्यतः १५ दिनदेखि २ महिना। लिन जाँदा पुरानो सक्कल राहदानी, नागरिकता र दस्तुरको रसिद लिएर आफैँ जानुपर्छ; नाबालकका लागि आमा वा बुबा। स्रोत ↗

दूतावासको दस्तुर र दिन: दूतावासको दस्तुर (QAR/AED), भेट्ने दिन र ठेगाना दूतावासले तोकेबमोजिम हुन्छ — यहाँ लेखिँदैन। WTS टोलीले WhatsApp मा पुष्टि गरेर पठाउँछ; दूतावासको आधिकारिक सूचना नै अन्तिम हो।

प्रायः सोधिने प्रश्न

राहदानी नवीकरण कहिले गर्ने?

सामान्यतः जहिले आवश्यक पर्छ; म्याद १ वर्षभन्दा कम बाँकी भए मिल्छ। राहदानी झुत्रो/च्यातिएको, पाना अपुग, थर परिवर्तन, नाबालक १६ वर्ष पुगेको, अनुहारमा ठूलो परिवर्तन, वा विदेशी कामदार/विद्यार्थीको रोजगार/अध्ययन अवधि राहदानीको म्यादभन्दा लामो भएमा पनि। हराएको वा च्यातिएको कारण नयाँ लिँदा थप दस्तुर लाग्छ। राहदानी विभाग ↗

मेरो MRP को म्याद बाँकी छ — ePassport बनाउनै पर्छ?

पर्दैन। MRP को म्याद बहाल रहँदासम्म त्यही चल्छ। म्याद १ वर्षभन्दा कम भएपछि नयाँका लागि आवेदन दिन सकिन्छ। राहदानी विभाग ↗

विद्युतीय राहदानी (ePassport) भनेको के हो?

हालको राहदानीको परिमार्जित रूप, जसमा विद्युतीय चिप हुन्छ। चिपमा औँठाछाप र तस्विरसहितका विवरण सुरक्षित राखिन्छन्, जुन कसैले फेर्न सक्दैन; अध्यागमनमा कम्प्युटरले पढेर त्रुटिरहित तुलना गर्छ। राहदानी विभाग ↗

दूतावासबाट बनाउँदा कति समय लाग्छ?

विभागकै भनाइमा विदेशस्थित नियोगमा आवेदन दिँदा १५ दिनदेखि २ महिनासम्म पनि लाग्न सक्छ। (नेपालमा विभागमा २ कार्यदिन, जिल्लामा १५–४५ दिन।) राहदानी विभाग ↗

फोटो लिएर जानुपर्छ?

पर्दैन। Enrolment मै प्रत्यक्ष तस्विर खिचिन्छ। ५ वर्ष नपुगेका बालबालिका र नवजात शिशु शान्त बस्न नसक्ने अवस्थामा मात्र तस्विर चाहिन्छ। फोटो खिच्दा गहना/शृङ्गारका नियम विभागको FAQ मा छन्। राहदानी विभाग ↗

राष्ट्रिय परिचयपत्र (NIN) अनिवार्य हो? दूतावासमा बनाउन मिल्छ?

१६ वर्ष नपुगेकालाई र दूतावास/नियोगबाट आवेदन दिँदा अनिवार्य छैन। दूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन मिल्दैन — नेपाल आएको बेला बनाउनुहोस्। राहदानी विभाग ↗

३४ पेज कि ६६ पेज?

बारम्बार यात्रा गर्नुपर्ने र पाना अपुग हुन सक्ने लागे ६६ पेज; नत्र ३४ पेज। राहदानी विभाग ↗

नवीकरण गर्दा पुरानै नम्बर आउँछ? पुरानो राहदानीमा भिसा छ — के हुन्छ?

नयाँ नम्बरको राहदानी बन्छ; नयाँमा पुरानो राहदानीको नम्बर उल्लेख हुने भएकाले सामान्यतः पुरानोको भिसाका आधारमा यात्रा गर्न मिल्छ — तर यो जुन देश जाने हो त्यसको नियममा निर्भर गर्छ, त्यही देशको आधिकारिक निकायसँग बुझ्नुहोस्। राहदानी विभाग ↗

अनलाइन फारम submit गरेपछि गल्ती भेटिए?

Enrolment centre मा verification वा live enrolment गर्ने कर्मचारीलाई सच्याउन अनुरोध गर्नुहोस्। फोटो खिच्नु र हस्ताक्षर गर्नुअघि विवरण जाँचेर सच्याउनुपर्छ; हस्ताक्षरपछि मिल्दैन — छापिनुअघि प्रक्रिया रद्द गरेर फेरि गर्न सकिन्छ; छापिएपछि त्रुटि भेटिए पूरै प्रक्रिया र नियमानुसार नयाँ दस्तुर। राहदानी विभाग ↗

राहदानी हरायो — के गर्ने?

दुरुपयोग रोक्न नजिकको आवेदन केन्द्र/दूतावासमा परिचयसहित राहदानी रद्द गर्न आवेदन दिनुहोस्; नयाँका लागि पूरै प्रक्रिया फेरि। पछि भेटिए पनि प्रयोग नगर्नुहोस् — हराएको जानकारी Interpol मार्फत विदेशमा पुगिसकेको हुन्छ; त्यसमा यात्रा गरे गन्तव्य देशको अध्यागमन कानुनअनुसार कारबाही हुन सक्छ। राहदानी विभाग ↗

विदेशमा तुरुन्त राहदानी चाहियो — नेपालमा आफन्तले बनाइदिन सक्छन्?

सक्दैनन्। तुरुन्त चाहिएमा दूतावासबाट अस्थायी राहदानी लिने, वा नेपाल आएर बनाउने। नेपाल आउन राहदानी नै नभए यात्रा अनुमतिपत्र (One Way Travel Document) लिन सकिन्छ। राहदानी विभाग ↗

दूतावासमा आवेदन दिएँ, राहदानी नआउँदै नेपाल फर्किनुपर्‍यो?

दूतावासलाई जानकारी दिएर तयार राहदानी विभागबाट जारी गर्न अनुरोध गर्न सकिन्छ (चलानी नभइसकेको भए)। विभागबाट लिन दूतावासको सिफारिस पत्र, सक्कल नागरिकता/नाबालिग परिचयपत्र, पुरानो राहदानी र रसिद लिएर आफैँ उपस्थित हुनुपर्छ। राहदानी विभाग ↗

तयार राहदानी लिन के-के चाहिन्छ? अरूले लिन मिल्छ?

आवेदन फारम, पुरानो सक्कल राहदानी, नागरिकता र दस्तुरको रसिद; १०–१५ मिनेट लाग्छ। आफैँ उपस्थित हुनुपर्छ (नाबालकका लागि आमा/बुबा)। आउन नसक्ने भए लिखित अख्तियारी दिएर आफन्त पठाउन सकिन्छ — उसले आफ्नो राहदानी/नागरिकता पनि लिएर आउनुपर्छ। राहदानी विभाग ↗

दूतावासमा appointment slot देखिँदैन?

विभागले कार्यालयहरूलाई पर्याप्त slot खोल्न अनुरोध गरेको छ; विस्तृत कुरा सम्बन्धित दूतावासमै सोध्नुपर्छ। विभाग सम्पर्क: district@nepalpassport.gov.np, hotline +977 1 5970330। राहदानी विभाग ↗

WTS ले के गर्छ, के गर्दैन?

WTS ले अनलाइन फारम भरिदिन्छ, कागजात मिलाउन र दूतावास पुग्ने बाटो बुझाउन सघाउँछ — QAR 25 / AED 25 त्यसैको हो। राहदानी जारी/नवीकरण दूतावास र राहदानी विभागले मात्र गर्छ; दस्तुर तपाईंले दूतावासलाई नै तिर्नुहुन्छ; समय र स्वीकृतिको ग्यारेन्टी WTS ले दिन सक्दैन।

स्रोत: राहदानी विभाग — बारम्बार सोधिने प्रश्न · ePassport अनलाइन आवेदन (Pre-enrolment)

यो सेवा के हो?

राहदानी नवीकरणको फारम भरिदिने र इन्रोलमेन्टमा कसरी पुग्ने भन्ने मार्गदर्शन। दूतावासको शुल्क यसमा पर्दैन — त्यो तपाईं आफैँ तिर्नुहुन्छ।

  • के के लैजाने र कसरी दुताबास पुग्ने भन्ने कुरा हाम्रो टिमले हजुरलाई बुझाउने छ ।

✅ योग्यता जाँच

सबैमा ✓ लाग्छ भने तपाईं सम्भवतः योग्य हुनुहुन्छ — अन्तिम पुष्टि टोलीले गर्छ।

📁 चाहिने कागजात

  • हालको सक्कल राहदानी
  • नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल)
  • बसोबासको परिचयपत्र — Qatar ID / Emirates ID
  • फोटो चाहिँदैन (५ वर्षमुनिका बच्चाका लागि मात्र)
फारम र इन्रोलमेन्ट मार्गदर्शन
WhatsApp